मन्त्री बन्न सांसद हुनैपर्ने व्यवस्था बदल्न रास्वपाको तयारी

मन्त्री बन्न सांसद हुनैपर्ने व्यवस्था बदल्न रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्नका लागि सांसद हुनैपर्ने वर्तमान व्यवस्था परिवर्तन गर्ने विषयमा तयारी थालेको छ। पार्टीभित्र यो व्यवस्थाले चुनावमा अत्यधिक खर्च बढाउने र त्यसपछि खर्च उठाउन भ्रष्टाचारको प्रवृत्ति बढ्ने भन्दै यसको विकल्प खोज्नुपर्ने धारणा अघि सारिएको छ।

रास्वपा र पार्टीका नेता बालेन्द्र शाह (बालेन) निकट स्रोतका अनुसार अहिलेको प्रणालीले राजनीतिक प्रतिस्पर्धालाई महँगो बनाएको छ। मन्त्री बन्ने लक्ष्यका कारण उम्मेदवारहरूले चुनावमा ठूलो रकम खर्च गर्ने र पछि त्यही खर्च उठाउने दबाब सिर्जना हुने अवस्था रहेको उनीहरूको बुझाइ छ।

यसै कारण रास्वपाले भविष्यमा मन्त्री नियुक्ति प्रक्रियामा परिवर्तन आवश्यक रहेको विषयमा छलफल सुरु गरेको बताइएको छ। पार्टीभित्र यस विषयमा थप अध्ययन र परामर्शपछि औपचारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ।