सिरहा–१ मा कांग्रेसद्वारा ११ जनामाथि कारबाही सिफारिस

सिरहा–१ मा कांग्रेसद्वारा ११ जनामाथि कारबाही सिफारिस

कोशी आवाज २०८२ फागुन २५ गते सोमबार ।

सिरहा । सिरहा–१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा ११ जनामाथि कारबाही गर्न सिफारिस गरेको छ।

सोमबार जारी विज्ञप्तिमा पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनालाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेशप्रसाद चौधरीले जानकारी दिए।

कारबाही सिफारिसमा परेकाहरूमा महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो र क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता रहेका छन्।

यसैगरी नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान–१० का बुथ सभापति अम्बराज मिश्र, लहान–२० का बुथ सभापति विनोद साह तथा क्षेत्रीय सदस्य गोपालकृष्ण यादवलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ।