प्रधानमन्त्रीसँग जेनजी सम्झौता टुंग्याउन माग गर्दै सुदन गुरुङको भेट ।

प्रधानमन्त्रीसँग जेनजी सम्झौता टुंग्याउन माग गर्दै सुदन गुरुङको भेट ।

कोशी आवाज २०८२ मङ्सिर २३ गते मंगलबार ।

विराटनगर । जेनजी आन्दोलनका अभियानकर्मी सुदन गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भेट्नुभएको छ। गुरुङ मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्कीलाई भेटेका हुन्।

भेटवार्तामा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा देखिएको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। उनले सम्झौताको प्रक्रिया छिटो निष्कर्षमा पु-याई राष्ट्रपतिसमक्ष हस्ताक्षर प्रक्रिया अघि बढाउनुपर्ने आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गुरुङले आन्दोलनमा सहभागी भएकै कारण केही युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्न नसक्दा निष्कासन पुर्पक्षका लागि थुनामा बस्नुपरेको गुनासो पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए।

गत साता नै सम्झौता हुने भनिए पनि प्रक्रिया ढिलिँदै गएको अवस्थामा गुरुङको यो भेटले जेनजी पक्षको तात्कालिक समाधानको अपेक्षा फेरि सार्वजनिक रूपमा प्रकट भएको सचिवालयले जनाएको छ।