नेपाली कांग्रेसको मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता डा. शेखर कोइराला एकल सिफारिस

नेपाली कांग्रेसको मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता डा. शेखर कोइराला एकल सिफारिस भएका छन् ।

कोशी आवाज २०८२ मंसिर २३ गते मंगलवार ।

बिराटनगर । आज बसेको क्षेत्रीय कार्यसमितिको बैठकले डा.कोइरालालाई सर्वसम्मत रूपमा एकल उम्मेदवारको रूपमा सिफारिस गरेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिले प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला गरी बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।

तर मोरङ–६ मा डा. कोइराला बाहेक कुनै पनि नेताले उम्मेदवारी दाबी नगरेपछि उनी एकल सिफारिस भएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवार छनोटको अन्तिम टुंगो प्रदेश र केन्द्रीय समितिबाट लगाउने जनाएको छ ।