जहदा सीमा क्षेत्रमा युवतीलाई भारत लैजान खोजेको आरोप, स्थानीय युवाद्वारा उद्धार ।

जहदा सीमा क्षेत्रमा युवतीलाई भारत लैजान खोजेको आरोप, स्थानीय युवाद्वारा उद्धार ।

कोशी आवाज २०८३ कार्तिक १३ गते सनिवार ।

बिराटनगर । मोरङको जहदा गाउँपालिका–५, ओखरकट्टास्थित डुमरिया नेपाल–भारत सीमा क्षेत्रमा एक हिन्दु युवतीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजान खोजिएको आरोप सार्वजनिक भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक विवरणअनुसार, एक मुस्लिम युवकले युवतीलाई विभिन्न किसिमका लोभलालच देखाई भारततर्फ लैजान खोजेको र सीमा पार गराएपछि अर्को समूहको जिम्मा लगाउने प्रयास गरेको आरोप लगाइएको छ।

उक्त घटनाबारे जानकारी पाएपछि स्थानीय युवाहरू समयमै घटनास्थलमा पुगेर युवतीको उद्धार गरेको तथा दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको विवरण सार्वजनिक भएको छ।

यद्यपि, घटनामा मानव बेचबिखनको प्रयास भएको हो वा होइन भन्ने विषयमा प्रहरी अनुसन्धान तथा आधिकारिक पुष्टि आवश्यक छ। साथै, घटनालाई कुनै धर्म वा समुदायसँग जोडेर सामान्यीकरण गर्नु उचित हुँदैन।

अभिभावकलाई आग्रह: आफ्ना छोराछोरीलाई अनलाइन चिनजान, प्रेम सम्बन्धका नाममा दिइने प्रलोभन, अपरिचित व्यक्तिसँगको भेटघाट तथा सीमा पार गराउने जोखिमबारे सचेत गराऔँ। शंका लाग्ने गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गरौँ।