रंगेली नगरपालिकाका कर्मचारीद्वारा कर्मचारी सेवा सर्त नियमावली उल्लंघन ।
कोशी आवाज २०८२ मङ्सिर २८ गते आइतबार ।
मोरङ । रंगेली नगरपालिकामा कार्यरत कल्पनाथ ठाकुर (करण) पाँचौँ तहका कर्मचारी हुन्। उनी नगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहे पनि व्यवहारमा नगर प्रमुखका स्वकीय सचिवका रूपमा सक्रिय देखिँदै आएका छन्।
कल्पनाथ ठाकुर (करण) नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका रूपमा चयन भई हालै सुरु भएको महाधिवेशनमा सहभागी भएका थिए। महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि उनले सरकारी कर्मचारी सेवा सर्त नियमावली उल्लंघन गरेको पुष्टि भएको छ।
सरकारी कर्मचारी सेवा सर्त नियमावलीको परिच्छेद १३ को नियम १३० अनुसार कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नपाउने, राजनीतिक दलले सञ्चालन गरेका राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने तथा निर्वाचनमा भाग लिन नपाउने स्पष्ट व्यवस्था रहेको छ।
यस घटनाले सरकारी कर्मचारीको राजनीतिक संलग्नताबारे प्रश्न उठाएको छ भने सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ।