

श्री डोमी रामको लागि घर निर्माणको अभियानमा थप उर्जा थप्दै, रङ्गेली नगरपालिका वडा नं. ७ का एक स्थानीय युवा (गोप्य दाता) द्वारा घरको छानोका लागि आवश्यक जस्ता (टिन) प्रदान गरिएको छ।
यो सहयोगका लागि श्री डोमी रामज्यूको परिवारसहित हामी सम्पूर्णको तर्फबाट हृदयपूर्वक धन्यवाद ज्ञापन गर्दछौं।
तपाईं जस्ता सहयोगी मन र समाजसेवी सोच भएका व्यक्तिहरू समाजमा रहुन्जेल, धेरै विपन्न तथा असहायले नयाँ आशा पाउनेछन्।