दुई किड्नी फेल भएर श्रीमान गुमाएकी परिवारलाई चान्दनी फाउन्डेसनको मानवीय साथ ।
दुई किड्नी फेल भएर श्रीमान गुमाएकी परिवारलाई चान्दनी फाउन्डेसनको मानवीय साथ ।

कोशी आवाज २०८३ श्रावण ४ गते सोमबार ।

बिराटनगर । कटहरी गाउँपालिका–७ निवासी गुन्जी कुमार ऋषिदेवको परिवारमा हालै ठूलो बज्रपात आइपरेको छ। वैदेशिक रोजगारीमा रहेका उहाँका श्रीमान शुद्धिराम ऋषिदेव दुवै मिर्गौला (किड्नी) फेल भएपछि स्वदेश फर्केर लामो समय उपचारमा रहनुभयो। परिवारले सक्दो प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकियो र केही दिनअघि उहाँको दुःखद निधन भयो।

यो पीडादायी खबर मित्र कार्तिक चन्द मण्डलमार्फत प्राप्त हुनासाथ चान्दनी फाउन्डेसनले शोकाकुल परिवारको दुःखमा साथ दिने निर्णय गर्यो। फाउन्डेसनका अध्यक्ष परमेश्वर प्रसाद शाह व्यक्तिगत कारणले उपस्थित हुन नसके पनि उहाँकै निर्देशनमा फाउन्डेसनको टोली मृतकको निवासमा पुगेर दशौँ पुण्यतिथिका अवसरमा आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।

राहत सामग्रीको मूल्यभन्दा पनि दुःखको घडीमा साथ र सहानुभूति नै ठूलो शक्ति हुने विश्वासका साथ फाउन्डेसनले यो सहयोग गरेको जनाएको छ। परिवारको पीडामा केही क्षण भए पनि मल्हम लगाउने उद्देश्यले गरिएको यस मानवीय कार्यले समाजमा एकअर्काको दुःखमा साथ दिने संस्कारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

चान्दनी फाउन्डेसनले आगामी दिनमा पनि विपन्न, असहाय र संकटमा परेका परिवारहरूको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।