रङ्गेली–७ को ऐतिहासिक मन्दिर व्यवस्थापनमा लापरबाही, चोरीपछि पनि सुधार नआएको स्थानीयको गुनासो ।

रङ्गेली–७ को ऐतिहासिक मन्दिर व्यवस्थापनमा लापरबाही, चोरीपछि पनि सुधार नआएको स्थानीयको गुनासो

कोशी आवाज २०८२ पुस २३ गते बुधबार ।

मोरङ । रङ्गेली नगरपालिका वडा नं. ७ मा अवस्थित ऐतिहासिक मन्दिरमा पटकपटक गएको शनिबार राति चोरी भएको घटना भए पनि मन्दिरको सुरक्षा र व्यवस्थापनमा हालसम्म उल्लेखनीय सुधार हुन नसकेको स्थानीयवासी तथा भक्तजनहरूले गुनासो गरेका छन्।

उक्त मन्दिरमा देश–विदेशबाट श्रद्धालु भक्तजनहरू आउने गरे पनि मन्दिर समितिबाट आवश्यक व्यवस्थापन, सुरक्षा र सेवा–सुविधा उपलब्ध गराइएको छैन। मन्दिर समिति भित्रै आपसी मेलमिलाप नहुँदा पटक–पटक झैझगडा हुने गरेको स्थानीयको भनाइ छ।

मन्दिर समितिमा लामो समयदेखि सीमित व्यक्तिहरू पदमा रहे पनि उल्लेखनीय काम हुन नसकेको आरोप लागेको छ। मन्दिर आसपास सञ्चालनमा रहेको रक्सी भट्टीको विषयमा यसअघि समाचार सम्प्रेषण गर्दै नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। समितिका पदाधिकारीहरूलाई समेत पटक–पटक जानकारी गराइए पनि आठ–नौ महिना बितिसक्दा समेत कुनै ठोस निर्णय कार्यान्वयन हुन सकेको छैन।

स्थानीयका अनुसार रक्सी पसल बन्द गर्नुको सट्टा अझै सञ्चालनमै रहेको छ, जसले मन्दिरको धार्मिक मर्यादा र वातावरणमा नकारात्मक असर पारिरहेको छ। यति संवेदनशील विषयमा सम्बन्धित निकायले ध्यान नदिनु चिन्ताजनक भएको उनीहरूको भनाइ छ।

गोजीका व्यक्तिहरूलाई कर्मचारी बनाई प्रवृत्तिले मन्दिर स्वयं धरापमा पर्दै गएको भन्दै स्थानीयवासीहरूले मन्दिरको संरक्षण, व्यवस्थापन सुधार र पारदर्शी समिति गठनका लागि तत्काल पहल गर्न माग गरेका छन्।