बंगाली बुक उद्घोष एवं बांग्ला समाज कोशी प्रदेश स्तरीय बैठक ।

बंगाली बुक उद्घोष एवं बांग्ला समाज कोशी प्रदेश स्तरीय बैठक ।

कोशी आवाज २०८२ आषाढ ७ गते शनिबार ।

नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश स्तरीय वैठक भव्य र सभ्य सम्पन्न। स्थान: सुन्दर हरैंचा नगरपालिका वडा नं.५ मोरङ नयाँ बृन्दावन गौशाला। पहिलो चरणमा नेपाल राष्ट्रिय बांग्ला समाज को केन्द्रिय अध्यक्ष पार्थो सरकार को अध्यक्षता मा तथा कोशी प्रदेश वन तथा पर्यटन मन्त्रालय का स्वकीय सचिव कुन्दन मंडल को प्रमुख अतिथि मा Bengali Community in Nepal Case study किताब को उदघोष गरियो उक्त कार्यक्रमको विशिष्ठ अथिति अनुप कुमार दासले किताब को विशेषता एवं लेखन विधिहरूको प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि कुन्दन मंडल ले ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। दोस्रो चरणको कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती को अध्यक्षतामा तथा समाजका आजिवन सदस्य एवं भेट्वे कम्पनी नेपाल का निर्देशक अनुप कुमार दास को प्रमुख अतिथिमा तथा समाजका संस्थापक उपाध्यक्ष एवं समाजसेवी विपलभ घोष को विशिष्ट अतिथी, केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी,ललित मंडल, सन्त कुमार नुन्दी, खकन कुमार दास, जवा चक्रवर्ती, राजेश दास,तापस दास, पंकज मंडल, दिपक मंडल, शंकर चेल,राम दास,प्रिति चक्रवर्ती,सुरज दास, दुश्मी मंडल, पुजा मंडल लगायत को उपस्थिति मा कार्यक्रम गरियो।

पहिलो चरणमा स्वागत मन्तव्य केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती र दोस्रो चरणको स्वागत मन्तव्य राजेश दास ज्यू ले गर्नु भएको थियो।

भने कार्यक्रम संचालन केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी र दश्मी मंडल ले गरेको थियो। छलफल बाट मिति २०८२ जेष्ठ १४ गते नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश को प्रकाशित सुचना बमोजिम प्राप्त नामावली सर्वसहमतिले पारित गरियो।

पहिलो चरणको प्रमुख अतिथि कुन्दन मंडल ज्यू ले अनुसंधान मुलुक पुस्तकलाई मन्त्रालय बाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। त्यसैगरी दोश्रो चरण को विशिष्ट अतिथी विपलभ घोष ज्यू ले हामि सवै एक भएर हिँड्नु पर्यो।

साथै आफ्नो हकअधिकार को लागि आन्दोलन गर्नु पर्ने भए यस्को लागि बंगाली समुदाय तयारी अवस्थामा बस्नुपर्ने। उक्त कार्यक्रममा पंकज मंडल, ललित मंडल, खकन कुमार दास, जवा चक्रवर्ती,तापस दास,नयाँ बृन्दावन गौशाला को गुरु दिनाबन्दु शास्त्री ज्यू ले यस पवित्र स्थल बाट हामी प्रतिबद्ध भएर समाज प्रति लाग्नु जरुरी छ।