

सुनवर्सी नपा वडा न- २ अमरदह बजार सरसफाइ कार्यक्रम समपन्न भएको छ।
कोशी आवाज २०८२ जेठ ९ गते शुक्रबार
मोरङ। सुनवर्सी नपा वडा न-२ को कार्यलयको आयोजना तथा अमरदह बजार ब्यवस्थापन समिति लगायतको समन्वयमा “स्वास्थको लागि सरसफाइ ” भन्ने नाराका साथ संयुक्त सरसफाइ कार्यक्रम समपन्न भएको हो।
कार्यक्रम सुनवर्सी वडा न-२ का अध्यक्ष बिनोद कुमार राजवन्सीको अध्यक्षतामा अमरदह बजार ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द बिष्ट ,स्वास्थ चौकी इन्चार्ज ,सहित नगर प्रहरी , नेपाल प्रहरी , स्वास्थ साखा, वडा का कर्मचारी, ब्यापारीहरु सर्वसाधारण लगायत उल्लेख्य स्व:स्फूर्त सहभागितामा सरसफाइ तथा फोहोर ब्यवस्थापन भएको छ।
सरसफाइ कार्यक्रममा आफै खटिएका वडा अध्यक्ष बिनोद कुमार राजवंशी अमरदह बजार छेत्रमा भर्खरै सडक निर्माण लगायत बिकासको कामले तिब्रता पाएको उल्लेख गर्दै” ” बजारको केही भाग तथा भित्री बाटो हरुमा पक्की नाला निर्माण नहुदा स्थानीयबासी र ब्यापारीहरुले आ-आफ्नो घर पसल अगाडि नियमित सरसफाइ गरेतापनि विभिन्न किसिमको चिज बस्तु, पलास्टि, बोतल , खानेकुराका प्याकेट, हटिया बाट बगेर आउने फोहोर माटो हरु नालामा अनावश्यक बोलोकेज भएर बजार दुर्गन्धित हुनेगरेको वर्षा मौसममा पानी जमेर लामखुट्टे लगायत विभिन्न रोगको खतरा पनि हुने भएकाले वडा अन्तर्गत जनप्रतिनिधिको कर्तव्य बमोजिम वडा कार्यलयको सहयोग तथा सरोकारवाला हरु सङ्गको समन्वयमा फोहोर ब्यवस्थापन सहित सरसफाइ गरेको बताउनुभयो “