रंगेलीमा किसानको समस्या समाधानको लागि सर्वदलीय बैठक ।

रंगेली नगरपालिका कार्यलय को हलमा नगर स्तरीय जनप्रतिनिधि र राजनीतिक दल, सम्बद्ध किसान प्रतिनिधि सहित सरोकारवाला हरुको बैठक समपन्न भएको छ।

कोशी आवाज २०८२ जेठ ८ गते बिहिवार

बैठक नगर उपमेयर भुमा पराजुलीको अध्यक्षतामा ,प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, योजना साखा प्रमुख दिपक तिम्सिना ,नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, किसान प्रतिनिधि,बडा अध्यक्षहरु ब्यापारी सुरक्षा निकाय, सञ्चारकर्मीहरू प्रतिनिधि हरु सहभागिता रहेको थियो।

बैठकमा रंगेली नगरपालिका भित्रको मुल सडक तथा भित्री सहायक सडक बाटो हरुमा स्थानीय किसानहरु द्वारा अन्नबाली, विशेषतः मकै सुकाउने र त्यसक्रममा अत्यधिक सवारी दुर्घटना जोखिम हरु हुने विषयमा आवश्यक सतर्कता तथा समस्या समाधानका लागि सर्व पक्षिय सुझाव सहित छलफल तथा निर्णय भएको छ ।

नगरपालिका स्तरमा पछिल्लो केही दिन देखि बाटोघाटोमा जथाभावी मकै तथा अन्य अन्नपात सुकाउने क्रम बढेसँगै दुर्घटनाको जोखिम र ट्राफिक जामको समस्या देखिन थालेपछि नगरपालिकाले तत्काल हस्तक्षेप गर्दै गत मिति-०८२/२/६ गते नगरपालिका अन्तर्गतको मुख्य र भित्री सडक हरुमा मकै लगायत कुनैपनि अन्नपात नसुकाउन सूचना जारी गरि रोक लगाएपछि किसानहरुमा जनप्रतिनिधि हरु प्रती गुनासो तथा नगर स्तरीय न्यायीक समितिमा किसान हरुको तर्फबाट प्रतिनिधि मुलक मौखिक उजुरी आएकोले उक्त बिसयमा सरोकारवाला हरु बसि समस्या समाधान सहित आवश्यक निर्णय गरेको बुझिएको छ ।

उक्त बैठक बाट किसानहरुको गुनासोको आधारमा निम्न निर्णयहरू लिइएको नगरपालिकाले जानकारी दिएको छ।

क ) पूर्वपश्चिम हुलाकी राजमार्गको एक लेन मात्र प्रयोग गरेर मकै सुकाउने व्यवस्था मिलाइनेछ, जसले गर्दा यातायात सञ्चालनमा अवरोध नआओस्।

ख) रंगेली–कानेपोखरी सडकमा एक साइडमा मात्र मकै सुकाउने र अर्काे साइडबाट सवारी आवागमन नियमित राख्ने निर्णय गरियो।

ग)अन्य सहायक सडकहरूमा पनि सडकको एकापट्टी मात्रै प्रयोग गरिनेछ ताकि ट्राफिक व्यवस्थापन सहज होस्।

घ) अन्य पालिकाबाट आएका व्यापारीहरूलाई रंगेली नगरक्षेत्रमा मकै सुकाउन नदिइने र स्थानिय किसानलाई मात्र प्राथमिकता दिइने स्पष्ट नीति लिइएको छ।

कार्यक्रममा नगर उप प्रमुख भुमा पराजुलीले रंगेली नगरपालिकाले किसानका समस्या लाई हमेसा गम्भीरता पूर्वक ध्यानमा राखी अघि बढेको बताउदै , स्थानीय किसान हरुको नगदे बालीकै रूपमा रहदै आएको मकै उत्पादन लाई उचित ब्यापार उन्मुख संरक्षण तथा बजारीकरणका लागि ब्यवस्थापनमा समेत नगरको दायित्व रहेको उल्लेख गर्दै ,हरेक बर्ष किसान हरुको समस्या लाई नगरले प्राथमिकताका साथ समाधान गर्दै आएको र पछि सम्म समन्वयात्मक र व्यावहारिक उपाय अघि सारेर सबै सरोकारवाला पक्षहरुको राय सुझाव सहित ठोस कदम चाल्ने बताउदै” पराजुलीले, “किसानहरूको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता भए सङ्गै सडक यातायात र सुरक्षा व्यवस्थासँग समेत सन्तुलन कायम गर्दै समाधान खोजिनु पर्छ,” भन्दै दीर्घकालीन समाधानका लागि निरन्तर छलफल आवश्यक रहेको धारणा राख्नुभएको छ