

साइकल अनियन्त्रित भई गम्भीर घाइते ।
कोशी आवाज २०८२ श्रावण २ गते शुक्रबार।
मोरङको रंगेली । रङ्गेली नगरपालिका वार्ड नम्बर ३ चिलुवा चौकस्थित आमतोला रंन्जनी भित्री सडक खण्डमा एक साईकल यात्री अनियन्त्रित भएर लडेका छन्। घटनामा ६५ वर्षका जोगिन्द्र ठाकुर माथि चोट लागेको छ।
प्रहरीका अनुसार, जोगिन्द्र ठाकुर साईकलमा आमतोला बाट रंन्जनीतर्फ जाँदै गर्दा अचानक अनियन्त्रित भई लडे। उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामामा रंगेली अस्पतालमा प्राथमिक उपचार गराइयो। पछि, उपचारको लागि थप स्वास्थ्य सेवा आवश्यक परेको कारण उनलाई नोबेल अस्पताल बिराटनगर तर्फ रेफर गरिएको छ।
यो घटनाका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न प्रहरी टोली घटनास्थलमा पुगेका थिए। साईकललाई प्रहरी चौकी बेतौनामा सुरक्षित राखिएको छ।
अधिकारीहरूले आम जनताको सुरक्षा र सावधानीका लागि साइकिल चलाउँदा विशेष ध्यान दिनु पर्ने बताएका छन्।
समाचारमा थप जानकारी आउन बाँकी छ।