समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन बैंक इन्टरनेसनल लिमिटेड कर्सियाद्वारा १० थान सिलिङ फेन (पङ्खा) सहयोग स्वरूप वितरण।

समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन बैंक इन्टरनेसनल लिमिटेड कर्सियाद्वारा १० थान सेलिङपङ्खा सहयोग स्वरूप वितरण।

कोशी आवाज २०८२ जेठ २१ गते बुधबार।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन बैंक इन्टरनेसनल लिमिटेड कर्सिया शाखाद्वारा रङ्गेली वार्ड नं २ लक्ष्मीपुर श्री लक्ष्मी आधारभूत विद्यालयमा सिलिङ फेन (पङ्खा) १० थान सहयोग स्वरूपले वितरण गरिएको हो ।

सिटिजन बैंक इन्टरनेसनलले समाजलाई उत्तर प्रगतिको लागि जहिले पनि आफ्नो सहयोग हात अगाडि राख्दै आएको देखिएको छन्। निरन्तर सिटिजन बैंक रङ्गेली शाखाले यस्ता अनेकौं कार्यक्रम गरेर मानव सेवामा टेवा पुग्ने काम गर्दै आएको हो ।

जनमानसमा उत्साह दिशा देखाउने काम गर्दै आएको सिटिजन बैंकले हरेक सर्वसाधारण आम नागरिकको सपनालाई साकार गराउने काम गर्दै आएका हो । सिटिजन बैंक द्वारा श्री लक्ष्मी आधारभूत विद्यालयलाई १० थान सिलिङ फेन (पङ्खा) वितरण गरेर समाजमा यस्ता किसिमका सहयोग गरेर आफ्नो पहिचान र सकारात्मक चर्चा बटुलिरहेको पाइएको छन् ।

उक्त कार्यक्रम मा सिटिजन बैंक इन्टरनेसनल लिमिटेड कर्सिया शाखा कार्यालय प्रमुख राजेन्द्र कुमार पराजुली र कर्जा विभागका अधिकृत हरि कुमार सरदार साथै सिटिजन बैंक इन्टरनेसनल लिमिटेड रङ्गेली शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेल कर्जा अधिकृत अङ्कित दाहाल श्री लक्ष्मी आधारभूत विद्यालय का प्रधानाध्यापक हर्क पौडेल विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन समितिका सम्पूर्ण समितिका पदाधिकारीहरू लगायत स्कुलका विद्यार्थीहरू उपस्थितमा  सिटिजन बैंक इन्टरनेसनल लिमिटेड कर्सिया द्वारा १० थान सिलिङ फेन (पङ्खा) स्कुललाई हस्तान्तरण गरेको छ।