

बांग्ला विद्यालय सरकारी स्तरबाटै धरापमा।
कोशी आवाज २०८२ जेठ २१ गते बुधबार
रंगेली। सुनसरी जिल्लाको हरिनगर गा.पा. वडा नं.५ बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार एवं केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी सहितको टोली पुगेर त्यहाँका हजारौं को संख्यामा बसोबास गरिरहेका केही बंगाली समाजका अगुवाहरु संग भेटघाट गरियो। यस गाउँमा पहिला सरकारी स्तरबाटै संचालित श्री पंचमी वंगला प्रा.वि.वसन्तपुर-७ मा बांग्ला र नेपाली भाषामा अध्ययन अध्यापन हुने गर्दथ्यो। तर हाल उक्त स्थानमा हेल्थ पोष्ट संचालन गराइएको छ ।
राणाकालीन समयमा स्थापना भएकाे उक्त बांग्ला विद्यालय सरकारको उदासीनताले नै धरापमा परेको जानकारी गराउनु भयो। हाल नेपाल राष्ट्रिय बांग्ला समाज गठन भएको खबर थाहा पाउन साथ हामि मा पुनः जोश जाँगर आएको स्थानीय बंगाली समाजका अग्रज एवं श्री प्रा.वि.शिस्वा धरमपुर विद्यालय का पुर्व प्र.अ. एवं अवकास पछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाल नेपाली कांग्रेस बुथ सभापति सुरेश मंडल र तत्कालीन बांग्ला विद्यालयका प्रअ दुखभंजन मंडलले जानकारी गराउनु भयो।
उक्त स्थानमा लोखि नारायण मन्दिर,चन्द्र शेखर शिव मन्दिर र राजाजी मन्दिर को अवलोकन समेत गराउनु भयो। साथै बंगाली समाजका अग्रज एवं वर्तमान जन निर्वाचित वडा नं.५ का वडा सदस्य मधुसुदन मंडल वडा सदस्यले #कालीबारी परियोजना थाहा पाउन साथ हामि पनि यस स्थानमा दश कठ्ठा जग्गा उपलव्ध गराउन तत्पर छौं।
उहाँले जग्गाको समेत अवलोकन गराउनु भयो। उक्त गाउँमा हाल सम्म बांग्ला पंचाङ अनुसार नै हाम्रो संस्कृति परम्परा एवं पुजा आजा गर्दै आइरएको जानकारी समेत बंगाली समाजका अगुवा सुधिर मंडल ज्यू ले जानकारी गराउनु भयो।
बंगाली समाजका ललित मंडल,विवेक मंडल,पृथ्वी चन्द्र मंडल,सुधिर मंडल,अमृत मंडल,दिनबन्धु मंडल,सनातन कुमार मंडल समेत संग भेटघाट गरि आवश्यक योजनाहरु को पहिचान गरि कार्यक्रमहरु अगाडी बढाउने सहमति समेत भयो।