केराबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक महिला घाइते ।

केराबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक महिला घाइते

कोशी आवाज २०८२ भदौ ११ गते बुधबार ।मोरङ रंगेली । मोरङको केराबारी गाउँपालिका–१० स्थित भित्री सडकखण्डमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक महिला घाइते भएकी छन्।

केराबारीबाट हचुवा तर्फ जाँदै गरेको प्र.१–०२–००३ ह ६७५७ नम्बरको सिटी सफारीलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ५३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिटी सफारीमा सवार केराबारी–३ बस्ने २७ वर्षीया रविना श्रेष्ठ घाइते भएकी हुन्। उनको दायाँ खुट्टामा चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न सिटी सफारी चालक केराबारी–८ बस्ने ५१ वर्षीय रामलाल कोइराला रहेका छन्। सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केराबारीमा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, ठक्कर दिने मोटरसाइकल र चालक भने फरार रहेका छन्। फरार चालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय केराबारीले जानकारी दिएको छ।