बिराटनगर–१८ ICP रोडमा ट्रक–ट्याक्टर ठक्कर, दुबै चालक इप्रका रानीको नियन्त्रणमा
कोशी आवाज
मोरङ

मोरङको बिराटनगर महानगरपालिका–१८ राजा बिराटचोक स्थित ICP रोडमा भदौ ५ गते साँझ ६:२५ बजे सवारी दुर्घटना भएको छ। नयाँ भन्सार कार्यालयबाट हनुमान मन्दिरतर्फ जाँदै गरेको WB57D0247 नं.को ट्रकलाई सोही दिशातर्फ आउँदै गरेको BR38C2802 नं.को ट्याक्टरले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इप्रका रानीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको पछाडिको भाग र ट्याक्टरको अगाडिको भाग क्षतिग्रस्त भएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीले भारत पश्चिम बंगाल, रानीनगर, मुर्सिदावादका ४५ वर्षीय रहमद शेख (ट्रक चालक) र भारत अररिया, जोगवनी–१०का २४ वर्षीय सुबोध कुमार यादव (ट्याक्टर चालक)लाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इप्रका रानीमा राखेको छ।

स्रोत: इप्रका रानी, मोरङ