ग्रामथानमा सिटी सफारी ठोक्किँदा एक महिला घाइते ।
ग्रामथानमा सिटी सफारी ठोक्किँदा एक महिला घाइते ।

कोशी आवाज २०८२ भदौ १९ गते बिहीबार ।

मोरङ उर्लाबारी । ग्रामथान गाउँपालिका–६ नेता चौकमा दुई सिटी सफारी आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्।

प्रदेश १–०२–००३ ह २०९ नम्बरको सिटी सफारीलाई पछाडिबाट को १ ह ६८८० नम्बरको सिटी सफारीले ठक्कर दिँदा ग्रामथान–५ बस्ने ५२ वर्षीया इन्दिरा जिसी घाइते भएकी हुन्। उनको घाटी र निधारमा चोट लागेकाले उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय हरैचाबाट टोली खटिएको थियो। हाल ६८८० नम्बर सिटी सफारी चालक, ग्रामथान–२ बस्ने ४५ वर्षीय दिलीप तामाङ र २०९ नम्बर सिटी सफारी चालक, ग्रामथान–४ बस्ने ६० वर्षीय उपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरैचामा राखिएको छ।