

मोरङका रङ्गेलीमा जिल्लास्तरीय हिज्जे प्रतियोगिताको छनोट चरण सम्पन्न, मिनील्याण्ड प्रथम ।
कोशी आवाज २०८२ भदौ १३ गते बिहीबार
मोरङ रङ्गेली । नगर प्याब्सन रङ्गेलीको आयोजनामा सम्पन्न जिल्लास्तरीय हिज्जे (Spelling) प्रतियोगिताको छनोट चरणमा मिनील्याण्ड इङ्लिस बोर्डिङ स्कूल, रङ्गेली–७ ले प्रथम स्थान हासिल गरेको छ। उक्त प्रतियोगितामा रङ्गेली नगरपालिकाका १२ वटा विद्यालयका टिमहरूले सहभागिता जनाएका थिए।
उत्कृष्ट प्रदर्शन गर्दै मिनील्याण्डले शीर्ष स्थान कब्जा गरेको हो। यस प्रतियोगितामा माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कूल, रङ्गेली–७ ले द्वितीय स्थान हासिल गर्यो भने एकता इङ्लिस बोर्डिङ स्कूल, रङ्गेली–३ ले तृतीय र न्यू स्टार इङ्लिस बोर्डिङ स्कूल, रङ्गेली–८ ले चौथो स्थान प्राप्त गरे।
नगर प्याब्सन रङ्गेलीका अध्यक्ष गोपाल भट्टराईले यस्तो प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको अंग्रेजी शब्दावली, उच्चारण, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले यस्ता शैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक र शैक्षिक विकासको अवसर प्रदान गरेको छ, जसले उनीहरूको शैक्षिक यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।