सुनवर्षीमा महामानव वि.पि कोइरालाको ४३ औं स्मृति दिवस कार्यक्रम भब्य रूपमा समपन्न ।

” सुनवर्सीमा बिपि कोइरालाको ४३ औं स्मृति दिवस कार्यक्रम भब्य रूपमा समपन्न ”

सुनवर्सी भेरुवाथान स्थित बिपि सेवा केन्द्रको प्राङ्गणमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति,मोरङ द्वारा आयोजित विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर “बिचार गोष्ठी” समपन्न गरेको छ ।
गोष्ठी कार्यक्रममा बिचार राख्दै” प्रमुख अथिती काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले काङ्ग्रेसले बिपिको समाजवादि चिन्तन र बिचार लाई कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै” बिपिको लक्ष्य र राजनीतिक मार्ग सम्म पुग्न नचाहने प्रवृत्ति अहिलेको काङ्ग्रेस भित्र देखिएको बताउदै”, हरेक तह तप्का, सीमान्तकृत क्षेत्र ,वर्ग लाई समेटेर उनीहरुको बिचार लाई बोकेर सैद्धान्तिक, सम्मुनत लोकतान्त्रिक ब्यवस्था सहित पार्टी भित्रको आन्तरिक समाजवाद , लोकतन्त्र ,मजबुत पार्नुपर्ने बताउनुभयो ” उहाँले अहिले मुलुकमा शुसान ,छैन” भन्ने खालको अनुभुती हुन्थालेको, हरेकले प्रश्न उठाउछन” आज जनताहरुमा ठुला दलहरु प्रती निराशा मात्र बढदो छ” सरकारको कमजोरि हरुका बीच काङ्ग्रेस खुट्टा कमाइरहेको छ” बोल्न सकिरहेको छैन, सरकार त चलिरहेको छ, तर १ वर्ष मा पनि सरकारको काम संतोषजनक नभएकोले गर्दा जनतामा तिब्र आक्रोश रहेको धारणा ब्यक्त गर्नुहुँदै”
अब हुने चुनावमा बहुमत ल्याउन , बिकास र परिवर्तनको नेतृत्व गर्न हामी काङ्ग्रेसिहरु जनताको घरदैलोमा पुगि उहाँहरुको दु:खसुख र भावनामा साथ दिनु र बिपिको प्रजातान्त्रिक मान्यता बुझाउनु को विकल्प नरहेको बताउनुभयो”
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति मोरङका सभापति तथा प्रतिनिधि सभा सदस्य, डिग बहादुर लिम्बुको सभापतित्वमा प्रमुख-अथिती नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला, विशिष्ट अथिती-नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यहरु तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल ,केन्द्रिय सदस्य,अथितीहरु महासमिति सदस्य अथितीहरु यज्ञ कार्की,यदु बिष्ट ,रबिन राई, सुमन कुवर शारदा मण्डल पार्वती यादव कोशी प्रदेश सदस्य अमरेन्द्र साह, कोशी प्रदेश प्रचार विभागका सभापति मदन संग्रौला पार्टीका मोरङ जिल्ला उपसभापति भक्तिनाथ माझी, मोरङ क्षेत्र नम्बर २ क्षेत्र सभापति एवं रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह प्रदेश -५ (ख) का सभापति देवेन्द्र बहादुर बस्नेत, रङ्गेली नगर सभापति जगन्नाथ मण्डल सुनवर्षी नगर सभापति कमल किशोर सिंह,लगायत पार्टीका केन्द्र, प्रदेश , जिल्ला क्षेत्र पार्टी ,तथा विभिन्न भातृ संघ संगठनका पदाधिकारी नेतृत्वहरु, क्रियासिल, नेताकार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो ।