मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ मोरङ विजयी ।

मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ मोरङ विजयी ।

कोशी आवाज २०८३ कार्तिक १० गते मंगलवार ।

बिराटनगर । विराटनगरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगर जेसीजलाई पराजित गर्दै उपाधि जितेको छ।विराटनगर जेसीजको सप्ताहअन्तर्गत मंगलबार आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगर जेसीजलाई ७–६ गोल अन्तरले पराजित गरेको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै पत्रकार महासंघको टोलीले जित सुनिश्चित गरेको थियो।

उपाधि जितेसँगै नेपाल पत्रकार महासंघ मोरङ शाखाको टोलीले ट्रफी तथा मेडल प्राप्त गरेको छ। प्रतियोगिताले पत्रकार र जेसीजबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउन योगदान पुगेको आयोजकले जनाएको छ।