काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जेन–जी आन्दोलनबारे कुनै प्रतिक्रिया नदिने बताएका छन् । सोमबार भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा जेन–जीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले सिंहदरबार, शीतलनिवास, बानेश्वर र माइतीघर आसपासमा कर्फ्यु आदेश जारी गरेको छ ।
आक्रोशित जेनजीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । प्रहरीको गोलीबाट एक प्रदर्शनकारीको ज्यान गएको छ । यता जेनजी आक्रोश बढ्दै गएपछि सामाजिक सञ्जाल नियमनका नाममा सरकारले प्रतिबन्ध खुला गर्नुपर्ने माग उठिरहेको छ । आन्दोलन बढ्दै गएपछि हामीले सामाजिक सञ्जाल खोल्नेबारे सरकारले केही सोचेको छ कि भनेर सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङलाई फोन सम्पर्क गर्दा उनले भने, ‘यसबारे मेरो कुनै प्रतिक्रिया छैन ।’ गुरुङले पाँच शब्द बोलेर फोन काटिदिए ।
यसैबिच सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल गरेका छन् ।
सभापति देउवाले सोमबार आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्री थापा र शर्मासँग कुराकानी गरेका हुन् ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।