जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ POLICE BATON मा प्रथम, प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट प्रमुख ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ POLICE BATON मा प्रथम, प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट प्रमुख ।

कोशी आवाज २०८३ असोज ३० गते शुक्रबार।

विराटनगर । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON), २०८३ अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ उत्कृष्ट कार्यालय बन्न सफल भएको छ।कार्यालय प्रमुखको भूमिकामा पेशागत व्यावसायिकता, निष्ठा, मातहत प्रहरी कार्यालयको परिचालन तथा कार्यकुशलतालगायतका समग्र सूचकमा गरिएको मूल्याङ्कनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विराटनगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख घोषित हुनुभएको हो।यस मूल्याङ्कनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ प्रथम भएपछि ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा कार्यालयले POLICE BATON प्राप्त गरेको जनाइएको छ।उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।उक्त उपलब्धिले आगामी दिनमा प्रहरी कर्मचारीहरूलाई अझ जिम्मेवार, अनुशासित र निष्ठापूर्वक कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।