वडाध्यक्ष अनिल ठाकुरको पहलमा २०७८ सालदेखि छात्राहरूलाई शैक्षिक सहयोग ।

वडाध्यक्ष अनिल ठाकुरको पहलमा २०७८ सालदेखि छात्राहरूलाई शैक्षिक सहयोग ।

कोशी आवाज २०८३ मङ्सिर ९ गते बुधबार ।

बिराटनगर । ‘शिक्षित जहदा–समृद्ध जहदा’ अभियानलाई निरन्तरता दिँदै मोरङको जहदा गाउँपालिका–३ ले स्नातक तहमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ।वडाभित्रका विभिन्न सरकारी कलेजमा अध्ययनरत छात्राहरूलाई एक कार्यक्रमका बीच किताब, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।वडाध्यक्ष अनिल ठाकुरको पहलमा २०७८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमको उद्देश्य छात्राहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्नुका साथै आर्थिक अभावका कारण पढाइमा बाधा नपुगोस् भन्ने रहेको छ।वडाध्यक्ष ठाकुरले छात्राहरूको शिक्षालाई प्राथमिकतामा राख्दै सुरु गरिएको यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षित समाज निर्माणका लागि छात्राहरूलाई उच्च शिक्षासम्म पुग्ने अवसर र वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा वडा सदस्यहरू तथा वडा सचिवलगायतको उपस्थिति रहेको थियो।