महामन्त्रीमा प्रदीप पौडेलद्वारा उम्मेदवारी दर्ता ।

महामन्त्रीमा प्रदीप पौडेलद्वारा उम्मेदवारी दर्ता ।

कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा महामन्त्री पदमा पुनः उम्मेदवारी दर्ता गराएका छन्।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले १५औँ महाधिवेशनबाट पनि सोही पदमा निरन्तरता पाउने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्।

यसअघि महामन्त्री पदमा डा. सुनिल शर्मा र नैनसिंह महरले मनोनयन दर्ता गराइसकेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको राष्ट्रिय सभागृहमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। मनोनयन दर्ताको समय आज बेलुका ६ बजेसम्म तोकिएको छ।

महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन हुनेछ।