

अमेरिकी विदेश सचिव मार्को रुबियो
कोशी आवाज २०८२ २५ गते बिहीबार
बिराटनगर । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बीबीसीलाई भनेका छन् कि अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट हेरिरहेको छ।
“अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् र दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्व कायम गर्ने जिम्मेवारीपूर्ण समाधान हासिल गर्न दुवै पक्षलाई काम गर्न आग्रह गर्दछन्,” प्रवक्ताले भने।
यसअघि परराष्ट्र मन्त्रालयको कभर गर्ने बीबीसी संवाददाता टम बेटम्यानले पाकिस्तानमा भारतीय हमलापछि अमेरिकाले संयमता अपनाउन स्पष्ट आह्वान नगरेकोले अमेरिका र भारतबीचको सम्बन्ध विगतका वर्षहरूमा सुदृढ भएको तथ्यलाई झल्काउँछ भने पाकिस्तान तुलनात्मक रूपमा एक्लो भएको बताएका थिए।
हिजो राति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको भनाइ दोहोर्याए र यो द्वन्द्व छिट्टै अन्त्य हुने र शान्तिपूर्ण समाधानतर्फ काम गर्ने आशामा जोड दिए।