

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की (फाइल फोटो)
कोशी आवाज २०८२ वैशाख २५ गते बिहिवार
बिराटनगर । युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन आग्रह गरेको छ ।
युक्रेनले दक्षिण एसियाको सुरक्षा अवस्थालाई थप बिगार्ने खालका कदमबाट बच्न आग्रह गरेको छ ।
मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र यस क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासहरूलाई समर्थन गरिरहने पनि बताएको छ।
योसँगै बेलारुसले पनि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ कि उनीहरु समाधानका लागि वार्ता र अन्य शान्तिपूर्ण तरिका अपनाउनुपर्ने पक्षमा छन् ।