मोरङबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई बधाई तथा शुभकामना

मोरङबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई बधाई तथा शुभकामना

कोशी आवाज २०८३ असोज २९ गते बिहिवार ।

बिराटनगर । नेपाली कांग्रेसको केन्द्रीय समितिमा मोरङ जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न पदका नेताहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

मोरङ जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूमा महामन्त्री डा. डिला संग्रौला (पन्त), केन्द्रीय सदस्य (महिला, कोशी) मृदुला कोइराला, केन्द्रीय सदस्य (युवा, कोशी) हेमकाजी बस्नेत र डा. योशिका भट्टराई रहेका छन्।

त्यसैगरी, केन्द्रीय सदस्य (पेशागत) तर्फ केशव निरौला र डा. सीता पोखरेल घिमिरे, केन्द्रीय सदस्य (खस–आर्य) तर्फ भीम पराजुली, केन्द्रीय सदस्य (थारू, महिला) तर्फ डा. प्रमिला गच्छदार तथा केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मन्सुरीलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

नेताहरूको अनुभव, क्षमता र नेतृत्वले पार्टीको संगठनलाई थप सुदृढ बनाउनुका साथै जनताका अपेक्षा सम्बोधन गर्न र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्पूर्ण नेताहरूको कार्यकाल सफल, उपलब्धिमूलक र जनताप्रति उत्तरदायी बनोस् भन्ने कामनासहित उनीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।