रवि लामिछानेसँग मोदीको भेट, नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता ।
कोशी आवाज २०८३ जेठ २० गते बुधबार ।
विराटनगर । भारतका प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane सँगको भेटप्रति खुसी व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले रवि लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको चाहनाको स्वागत गरेको बताएका छन्।
मोदीले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्साहित रहेको बताएका छन्। उनले नेपाल–भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन मिलेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुशी लाग्यो। साझा र समृद्ध भविष्यका लागि सँगै काम गर्ने उहाँको इच्छाको म स्वागत गर्दछु। नेपाल हाम्रो ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो र दुई देशबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न हामी तत्पर छौं।”
यो भेटलाई नेपाल–भारत सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।