पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट महिलाको मृत्यु ।

पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट महिलाको मृत्यु ।

कोशी आवाज २०८२ साउन ३० गते शुक्रबार ।

मोरङ रङ्गेली । मोरङको पथरीशनिश्चरे नगरपालिका–१, गोरखा डिपार्टमेन्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

उर्लावारीबाट बेलबारीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको सेतो रंगको ट्रकले पैदल यात्री, करिब ३०–३५ वर्षकी परिचय नखुलेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। घाइतेलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पठाइएकोमा साँझ ७:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

महिलाको शव सोही अस्पतालमा राखिएको छ। घटनापछि प्रहरी टोली खटिएर ट्रकको खोजी कार्य भइरहेको इलाका प्रहरीले जानकारी दिएको छ।