रंगेलीमा लागुऔषधसहित दुई जना पक्राउ ।

रंगेलीमा लागुऔषधसहित दुई जना पक्राउ ।

कोशी आवाज २०८२ साउन २९ गते बिहिबार ।

मोरङ, रंगेली । विशेष सूचनाको आधारमा रंगेली नगरपालिका–९, फर्साडॉगीस्थित भित्री सडकबाट संयुक्त प्रहरी टोलीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको टोलीले चेकजाँचको क्रममा भारत, बिहार राज्य, अररिया जिल्ला, सिक्टी थाना, मुरारीपुर–१ बस्ने २९ वर्षीय राकेश प्रमाणिकको साथबाट ४३.७८० ग्राम (प्लास्टिकसहित) र प्लास्टिक बाहेक ४१.९२० ग्राम खैरो हिरोइन बरामद गरेको हो।

सोही क्रममा राकेशसँगै रहेका रंगेली नगरपालिका–५ बस्ने १९ वर्षीय रिंकु कुमार शर्मा समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।