रंगेली–७ निचामारीमा असामाजिक गतिविधि नियन्त्रणको माग, स्थानीयले प्रहरीलाई निवेदन ।

रंगेली–७ निचामारीमा असामाजिक गतिविधि नियन्त्रणको माग, स्थानीयले प्रहरीलाई निवेदन ।

रंगेली (मोरङ) — मोरङको रंगेली नगरपालिका–७ निचामारी टोलका स्थानीय बासिन्दाले गाउँमा बढ्दै गएको असामाजिक गतिविधि नियन्त्रणको माग गर्दै इलाका प्रहरी कार्यालय रंगेलीमा निवेदन दिएका छन्।

स्थानीयहरूले कुनै राजनीतिक दल वा संस्थासँग सम्बन्ध नराखी भइरहेको विवादलाई केही व्यक्तिहरूले राजनीतिक रंग दिएर गाउँमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

२०८२ साल कार्तिक ११ गते राति करिब १० बजे ठूलो संख्यामा मानिसहरू भेला भई विवाद उत्पन्न भएपछि गाउँमा त्रास र असुरक्षा बढेको निवेदनमा उल्लेख छ।

निवेदनमा भनिएको छ, “गाउँमा बसोबास गर्ने महिला, बालबालिका र वृद्धहरू समेत डर र तनावमा छन्। केही व्यक्तिहरूले योजनाबद्ध रूपमा गाउँको वातावरण बिगार्ने र आपसी सद्भावमा खलल पुर्‍याउने कार्य गरिरहेका छन्।”

गाउँमा शान्ति र सुरक्षाको वातावरण कायम राख्न तथा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न स्थानीयले प्रहरीसमक्ष माग गरेका छन्।
२०८२ साल कार्तिक ११ गते रङ्गेली-७ राती ८:३० बजे संसारी मन्दिर छेउमा रहेको एक रक्सी भट्टिमा केही युवाहरु बिच सामान्य झैझगडा हुँदा एउटा समुहले अर्को पक्षका युवाहरुलाइ घर-बाटोमा खोज्दै हिडे पछि गाउँ भित्र प्रवेश गरेर हो-हल्ला गरे पछि गाउँहरुले खेदाएको थियो । त्यस पछि रङ्गेली तनावग्रस्त भएको छ ।