केराबारीमा अटो दुर्घटना, चार जना घाइते।

केराबारीमा अटो दुर्घटना, चार जना घाइते।

कोशी आवाज २०८२ भदौ १५ गते आइतबार ।

मोरङ, रङ्गेली। केराबारी गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा आइतबार अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

चोकथुम्कि बाट बगैचा तर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ह ९२४५ नम्बरको अटो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये अटो चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० का ६३ वर्षीय राजेन्द्र गुरुङ टाउको र अनुहारमा चोट लागी अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, अटोमा सवार मोरङ बेलबारी नगरपालिका–२ की १५ वर्षीया अल्फा थापा मगरको बायाँ आँखामा चोट लागी अवस्था मध्यम रहेको र उनलाई पनि गोल्डेन अस्पताल बिराटनगर पठाइएको छ।

साथै, बेलबारी–२ की १७ वर्षीया जेनिसा श्रेष्ठको बायाँ हातमा सामान्य चोट लागी स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्किएको र सुन्दरहरैचा–१२ का १७ वर्षीय राजेश कोईरालाको दाहिने खुट्टामा सामान्य चोट लागी प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि अटो नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केराबारीमा राखिएको छ।