

भूमि विधेयकविरुद्ध सुनवर्षीमा जसपाको विरोध प्रदर्शन
कोशी आवाज २०८२ भदौ १४ गते सनिवार ।
मोरङ रंगेली । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले भूमि विधेयकविरुद्ध सुनवर्षीमा विरोध प्रदर्शन गरेको छ। शनिवार सुनवर्षी–९ डाइनियामा आयोजित कार्यक्रम जसपाको केन्द्रीय उप–सचिव रेखा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य पन्नालाल मण्डल, सुनवर्षी नगर अध्यक्ष सदानन्द यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो।
पार्टीका अनुसार भूमि विधेयकले संविधानविपरीत प्रदेशको अधिकार खोस्ने, भूमाफियालाई फाइदा पुर्याउने र दलित, थारु, सुकुम्वासीलगायत उत्पीडित वर्गलाई बेवास्ता गर्ने व्यवस्था समेटिएको छ। जसपाले संसदमा १० बुँदे संशोधन प्रस्ताव पेस गर्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।
साथै, माग सम्बोधन नभए सडकदेखि सदनसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ। जसपाले “जनताको भूमिमा जनताको अधिकार” सुनिश्चित नगरी ल्याइने कानुन मान्य नहुने स्पष्ट पारेको छ।