गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन : बालेन सरकारको कदमप्रति प्रचण्डको आपत्ति ।
कोशी आवाज २०८३ कार्तिक २० गते शुक्रबार ।
बिराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगनकुमार थापालाई पक्राउ गर्न नसकिने दाबी गरेका छन्।
शुक्रबार पार्टीको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि लोकतान्त्रिक मर्म र संविधानको दायरा नाघ्न खोजेको आरोप लगाए।
गगन थापालाई पक्राउ गर्ने हल्लाबारे प्रतिक्रिया दिँदै उनले सरकारको कथित स्वेच्छाचारी र असंवैधानिक कदम देश र जनताका लागि चिन्ताको विषय भएको बताए।
यस्तै, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा सर्वोच्च अदालतमा मुद्दा प्रवेश गरिसकेकाले अब न्यायपालिकाले नै उचित निर्णय गर्ने उनको भनाइ छ।