सप्तरीमा करिब ४ लाख ८० हजार रुपैयाँका अवैध सामान बरामद ।

सप्तरीमा करिब ४ लाख ८० हजार रुपैयाँका अवैध सामान बरामद ।

कोशी आवाज २०८३ कार्तिक ११ गते बुधबार ।

बिराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका करिब ४ लाख ८० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

२०८३ कात्तिक ११ गते खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेका लत्ताकपडा, कुर्सी तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको हो। ती सामान ढुवानीमा प्रयोग गरिएका ३ वटा साइकल र १ वटा मोटरसाइकलसमेत बरामद गरिएको छ।

बरामद गरिएका सामान तथा सवारीसाधनको कुल मूल्य ४ लाख ७९ हजार ३० रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।

यसैगरी, सोही दिन प्रहरीले १ लाख ९३४ रुपैयाँ बराबरका आतसबाजी (पटका) समेत बरामद गरेको छ। बरामद गरिएका पटका प्रचलित कानुनबमोजिम नष्ट गरिएको जनाइएको छ।