मनोज अग्रवाल मधेसी खुला तर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार
कोशी आवाज २०८२ मङ्सिर ३० गते मंगलबार ।
मोरङ । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नेकपा एमालेका सक्रिय नेता मनोज अग्रवाल मधेसी खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्। अखिलमा जन्मिएर एमालेमै हुर्किएको राजनीतिक पृष्ठभूमि भएका अग्रवालले गाउँ, नगर, जिल्ला र प्रदेश कमिटी हुँदै संगठन निर्माणका हरेक अभियानमा निरन्तर अविचलित भूमिका निर्वाह गर्दै आएका छन्।
पार्टीभित्र संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र अभियान सञ्चालनमा सक्रिय रहँदै आएका अग्रवाललाई आगामी नेतृत्व चयनका लागि महत्वपूर्ण पात्रका रूपमा हेरिएको छ। उनका समर्थकहरूले मधेसी समुदायसहित सम्पूर्ण पार्टी पंक्तिलाई प्रतिनिधित्व गर्ने सक्षम र अनुभवी नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशन उम्मेदवारी दिइएका छन् ।