दमकमा प्रहरीमाथि ढुंगामुढा, तोडफोड र हातहतियार लुटपाटमा संलग्नहरू पक्राउ ।

दमकमा प्रहरीमाथि ढुंगामुढा, तोडफोड र हातहतियार लुटपाटमा संलग्नहरू पक्राउ ।

कोशी आवाज २०८२ कार्तिक २६ गते बुधबार ।

मोरङ,रंगेली । झापाको इलाका प्रहरी कार्यालय दमकमा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने तथा प्रहरीका विभिन्न हातहतियार लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

१. हातहतियार लुटपाट सम्बन्धी घटनामा संलग्न इलाम चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मालाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना ऐन र चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान जारी छ।

२. प्रहरी कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्ने घटनामा संलग्न पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक नगरपालिका–१ बस्ने २१ वर्षीय साजन लुहागुन, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–१ का ३४ वर्षीय दिपचन महतो, र दमक–६ का २४ वर्षीय लोमस कटुवाललाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

३. भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा रहेका सशस्त्र प्रहरी बलको SLR राइफल लुटपाटमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बूलाई समेत पक्राउ गरिएको छ। उनको विरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।