कानेपोखरी–४ मा नशा उपचार केन्द्र सञ्चालन, २४ घण्टा निःशुल्क परामर्श सेवा ।
कोशी आवाज २०८२ पुष १६ गते बुधबार ।
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–४ मा लागुऔषध तथा मादक पदार्थ प्रयोगकर्ताका लागि नशा उपचार केन्द्र सञ्चालनमा आएको छ। “नशा उपचार केन्द्र” नाम दिइएको उक्त केन्द्रले लागुऔषध तथा मादक पदार्थको दुव्र्यसनमा परेका व्यक्तिहरूलाई उपचार, परामर्श तथा पुनःस्थापना सेवा प्रदान गर्ने जनाएको छ।
केन्द्रले २४ घण्टा निःशुल्क परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। दुव्र्यसनमा फसेका व्यक्तिलाई अपराधीको रूपमा नभई बिरामीको रूपमा हेरी उपचारमा सहयोग गर्ने उद्देश्यसहित केन्द्र सञ्चालन गरिएको सञ्चालक पक्षले जनाएको छ।
स्थानीय तहसँग समन्वय गर्दै समुदायमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण, सचेतना अभिवृद्धि तथा प्रभावित व्यक्तिहरूलाई सामान्य जीवनमा फर्काउने लक्ष्य केन्द्रको रहेको बताइएको छ। केन्द्रमा आवश्यक परेमा परिवारका सदस्यलाई समेत परामर्श सेवा प्रदान गरिनेछ।
स्थानीयवासीहरूले यस्ता केन्द्रहरूको स्थापना समुदायका लागि सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले दुर्व्यसन नियन्त्रणमा यस्ता उपचार तथा परामर्श केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।