कांग्रेस उपसभापतिमा विनोद चौधरी र फरमुल्लाह मन्सुरको उम्मेदवारी

कांग्रेस उपसभापतिमा विनोद चौधरी र फरमुल्लाह मन्सुरको उम्मेदवारी

कोशी आवाज २०८३ असोज २० गते मंगलबार ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि विनोद चौधरी र फरमुल्लाह मन्सुरले मनोनयन दर्ता गराएका छन्।

उनीहरू दुवैले समावेशी समूहअन्तर्गत उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

चौधरी नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य हुन् भने मन्सुर पार्टीका सहमहामन्त्री हुन्। दुवै नेताले पार्टीको आगामी नेतृत्वमा उपसभापति पदका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको हो। महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ।

मनोनयन दर्तासँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा थप औपचारिक बनेको छ। महाधिवेशनबाट सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुनेछन्।