नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज ।

कोशी आवाज २०८२ पुस २८ गते सोमबार ।

रंगेली । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा पार्टीको नीति, संगठनात्मक अवस्था तथा आगामी राजनीतिक दिशाबारे गहन छलफल हुने भएको छ।

आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। सचिवालयका अनुसार ढिलोमा बिहान १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।

प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका तथा नीतिगत सुधारका विषयमा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।

निर्धारित कार्यविधिका आधारमा बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ र ती प्रतिवेदनमाथि छलफल हुनेछ।