पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो।

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो।

कोशी आवाज २०८३ भदौ ३० गते मंगलबार ।

विराटनगर । पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँले बढेर ३८०.२४ रुपैयाँ पुगेको छ।

त्यस्तै, हाई-स्पीड डिजेलको मूल्य प्रतिलिटर ६.१० रुपैयाँले बढाइएको छ। वृद्धिपछि डिजेलको मूल्य ४०९.४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

सरकारले सेप्टेम्बर १५ देखि तत्काल लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। पछिल्ला दिनमा पाकिस्तानमा पेट्रोल तथा डिजेलको मूल्य निरन्तर बढ्दै गएको छ।