भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे ।

भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे ।

कोशी आवाज २०८३ कार्तिक २५ गते बुधबार ।

विराटनगर । यस वर्षको तिहारअन्तर्गत आज बुधबार भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

समितिका अनुसार राज्य सञ्चालकले निर्धारित साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणले मध्याह्नकालमा जुनसुकै समयमा टीका लगाउन सक्नेछन्।

भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयता प्रगाढ बनाउने विशेष पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिँदै दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।

दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने चलन छ।

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना!