

टप एन्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित ।
कोशी आवाज २०८२ भदौ ६ गते शुक्रबार ।
मोरङ रङ्गेली । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो छैटौँ खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग रोमाञ्चक भिडन्तमा १ रनको साँघुरो हार बेहोरेको छ।
पहिले ब्याटिङ रोजेको शाहीन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट तथा कुशल भुर्तेलले १ विकेट हात पारे।
१४५ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले खराब सुरुवात गरेको थियो। तर skipper रोहित पौडेलले ५२ रनको महत्वपूर्ण पारी खेलेपछि जितको सम्भावना बलियो बनेको थियो। पौडेल आउट भएपछि दीपेन्द्रसिंह ऐरीले पनि संघर्ष गर्दै खेललाई रोचक बनाए। तर अन्तिमतर्फ कुशल मल्ल र आरिफ शेखले अपेक्षित रन बनाउन नसक्दा नेपाल १४३ रनमै समेटियो र १ रनले हार बेहोर्नुपर्यो।
यसअघि ५ खेल खेलिसकेको नेपाल ३ मा हार र २ मा जित हासिल गरेको थियो। यो पराजयसँगै नेपालले सिरिजमा ६ खेलपछि ४ हार र २ जितको नतिजा ल्याएको छ ।