

श्रीलङ्कामा पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घलाई विदेश भ्रमणका बेला सरकारी कोषको दुरुपयोग गरेको आरोपको अनुसन्धानका क्रममा पक्राउ ।
कोशी आवाज २०८२ भदौ ६ गते शुक्रबार ।
मोरङ रङ्गेली । उनी राष्ट्रपति भएकै बखत उनले सन् २०२३ मा ब्रिटेनको निजी भ्रमण गरेका थिए। त्यसै विषयमा उनलाई शुक्रवार हिरासतमा लिइएको छ। अमेरिका र क्युबाको आधिकारिक भ्रमणपछि स्वदेश फर्कने क्रममा उनी र उनकी पत्नी केही दिन ब्रिटेनमा बसेका थिए। उनीमाथि व्यक्तिगत काममा सरकारी कोष प्रयोग गरेको आरोप लागेको थियो।
विक्रमसिङ्घले कुनै गल्ती नगरेको बताएका छन्। ब्रिटेनमा रोकिँदा पनि कैयौँ आधिकारिक बैठकमा सहभागी भएको उनले बताए। वर्तमान सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ परेका उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्।
विक्रमसिङ्घ सन् २०२२ देखि २०२४ सम्म श्रीलङ्काका राष्ट्रपति थिए। श्रीलङ्कामा चरम आर्थिक सङ्कट उत्पन्न भएपछि भएको आन्दोलनपछि गोटाबय राजपक्ष देश छोडेर भागेपछि तात्कालिक प्रधानमन्त्री विक्रमसिङ्घ राष्ट्रपति बनेका थिए ।