

गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सको चौंथो राष्ट्रिय महाधिवेशन सम्पन्न।
कोशी आवाज २०८२ श्रावण १२ गते सोमबार ।
मोरङ रंगेली । गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सको भौतिक उपस्तिथी मा राजदानी भिक्टोरिया माहेमा सम्पन्न भएको हो महादिवेशन बाट सर्वसम्मत निर्वाचित कार्यसमिति तथा विभिन्न उप-समिति विस्तार गरिएको हो ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष मनोज विक ले गर्नु भएको थिए भने प्रमुख अतिथि एनसिसि सेसेल्सका संस्थापक अध्यक्ष तथा पुर्व आइसिसि अफ्रीका उप-संयोजक आर पी पन्त ज्यु ले जुम मार्फत गर्नु भएको थियो ।
तेस्तै विशिष्ट अतिथि आइसिसि अफ्रीका महिला संयोजक खेसना लिम्बु ले गर्नु भएको थियो महाधिवेशनमा भौतिक उपस्तिथी का लागि सम्भव नहुनेका लागि जुम अनलाईन मार्फत जोडिने व्यवस्था गरिएको थियो ।
यस महाधिवेशनमा निर्वाचन समितिको नेतृत्व गर्दै संयोजक को भुमिका संस्था संस्थापक महासचिव नेपाली रक्तदाता संघ सेसेल्सका अध्यक्ष कमान सिंह खत्री ले गर्नु भएको थियो भने सदस्यहरु नमराज पान्डे र कुमार कट्टेल रहनु भएको थियो ।
महाधिवेशनबाट बलराम सिटौलाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा एकराज सुवेदी, मिरगेन्द्रजंग इंगनाम, प्रेम चन्द र महिला उपाध्यक्षमा पवित्रा भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
महासचिवमा ठगेन्द्र घर्ती मगर, कोषाध्यक्षमा खड्कराज पुन मगर, सह कोषाध्यक्षमा टेकबहादुर थापा लहर तथा सचिवमा थानेश्वर तिमल्सेना र केबि शाही रहनुभएको छ । युवा संयोजकमा राजकुमार गिरी, महिला संयोजकमा मिना विश्वकर्मा र प्रवक्तामा जीवनकुमार महर्जन चयन हुनुभएको छ ।
सदस्यहरूमा भावना श्रेष्ठ, खिलबहादुर तामाङ, राजेन्द्र श्रेष्ठ र निशान गिरी रहनुभएको छ । त्यस्तै विभिन्न उप–समिति गठन र आइल्याण्ड संयोजकहरू समेत तोकिएको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सका निवर्तमान अध्यक्ष मनोज विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइल्याण्ड अन्तर्गत माहेको संयोजकमा विराट नेपाली लाउरे, उपसंयोजक नेत्र पाण्डे र महिला संयोजकमा अस्मिता बस्नेत रञ्जिता चयन हुनुभएको छ । प्रास्लिनको संयोजकमा रुप्लान बिक विकल्प, उपसंयोजकमा अनुप श्रेष्ठ र महिला संयोजकमा तारादेवी भुजेल सम्झना चयन भएको निवर्तमान अध्यक्ष विकले बताउनुभयो ।
त्यस्तै लादिग आइल्याण्डको संयोजकमा ज्ञानबहादुर राई, उपसंयोजकमा नकुल सुबेदी र महिला संयोजकमा कल्पना लामा चयन हुँदा फिलिसिते आइल्याण्डको संयोजकमा राजिबविक्रम थापा, सेफ आइल्याण्ड संयोजकमा किरण कार्की, देरोस आइल्याण्ड संयोजकमा प्रकाश रेग्मी, प्लाटे आइल्याण्ड संयोजकमा सानु अधिकारी, स्ते आन आइल्याण्ड संयोजकमा लोक ओड र उपसंयोजकमा नृप सेटी चयन हुनुभएको छ ।
विभाग अन्तर्गत लेखा समिति संयोजकमा विवेक लामा, सूचना तथा प्रचारप्रसार विभाग संयोजकमा अरुण ओली, सांस्कृतिक तथा मनोरञ्जन विभाग संयोजकमा दिनेश पोखरेल, अनुशासन समिति संयोजकमा प्रमोद पोखरेल, खेलकुद विभाग संयोजकमा प्रवीण चौधरी चयन हुँदा दुर्गाबहादुर थापा प्रमुख रहेको १९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।
कोशी आवाज संवाददाता पंकज श्रेष्ठ ।