

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी
कोशी आवाज २०८२ बैशाख २६ गते शुक्रबार
विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी
हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् ।
टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।
हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए । टाईम्स अफ इजरायलका अनुसार मृत हुन सक्ने शंका गरिएका तीन जना बन्धक छन् । तीन जना मध्ये एक जना विपिन जोशी हुन् भने बाँकी एक जना इजरायली र एक जना थाईल्याण्डका हुन् ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।