रतुवामाई–६ शनिश्चरे बजारस्थित उर्लाबारी–आमबारी सडकखण्डमा स्कुटी दुर्घटना
मोरङ
रतुवामाई–६ शनिश्चरे बजारस्थित उर्लाबारी–आमबारी सडकखण्डमा स्कुटी दुर्घटना

मोरङ, सिजुवा — कार्तिक १८ गते बिहान करिब १:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरे बजारमा सौठाबाट आमबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३०४६ नं को स्कुटी कुकुरसँग ठक्कर खाँदा दुर्घटना भएको छ।

दुर्घटनामा स्कुटी चालक केशरबारीका २७ वर्षीय रोशन आङदाङबे घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेका कारण उनलाई उपचारका लागि झुर्किया नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घाइतेको अवस्था मध्यम रहेको र स्कुटीलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ।