ठूलो मात्रामा भन्सार छलीको सामान प्रहरी नियन्त्रणमा ।
कोशी आवाज २०८३ भदौ २ गते मङ्गलबार ।
विराटनगर । (बर्दघाट सुस्ता पूर्व)मा प्रहरीले ठूलो मात्रामा भन्सार छलीका सामान बरामद गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–६ फलफूल चोकमा प्रहरीले भन्सार छली गरी लैजाँदै गरेको सामानसहित ट्रक नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का अनुसार गोप्य सूचनाका आधारमा सोमबार राति करिब ११ः३० बजे प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकभित्र लुकाई–छिपाई बिलबिजक नभएका विभिन्न कपडा तथा अन्य सामान फेला परेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि ट्रक र चालकसहित महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामानमा विभिन्न रंगका कुर्था सुरुवाल, साडी तथा काँचो कपडा रहेका छन्। बरामद सामानको मूल्य करिब रु. ६२ लाख ५० हजार ५ सय बराबर रहेको प्रहरीको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।