

सुनवर्षीमा स्कुटी दुर्घटना, दुई जना घाइते ।
कोशी आवाज २०८२ भदौ १२ गते बिहीबार ।
मोरङ रंगेली । मोरङको सुनवर्षी नगरपालिका–९ झुङ्गी टोलस्थित हुलाकी सडक खण्डमा स्कुटी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । झुङ्गी टोलबाट डाइनिया तर्फ आउँदै गरेको प्रदेश–१–०२–०५० प.५९७१ नम्बरको स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटी चालक सुनवर्षी नगरपालिका–५ का २७ वर्षीय चन्दन कुमार सरदारको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सोही स्कुटीमा पछाडि सवार सोही ठाउँका ३२ वर्षीय हरी लाल राजबंशीको टाउकोमा चोट लागेको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्कुटी नियन्त्रणमा लिई प्रहरी चौकी डाइनियामा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।